आज थपिए काठमाडौँ उपत्यकामा ४२९ सहीत नेपालभर १,२२१ कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या ३८,५६१ पुग्यो

काठमाडौं, १४ भाद्र – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२९ सहीत मुलुकभरि १२ भन्दा बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ तथा जनसँख्या मन्त्रालयले गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ सय २१ जना कोरोनाका नयाँ संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ सय ४८ जना महिला र ८ सय ७३ जना पुरुष गरी कुल १२ सय २१ ज्नामा कोरोना पुष्टि भएको हो । योसँगै मुलुकभर कुल संक्रमितको सँख्या ३८ हजार ५ सय ६१ जना पुगेको छ ।

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एकजना, ओखलढुंगाका ४ जना, झापाका ११ जना, पाँचथरका एकजना, मोरङका ४९ जना, संखुवासभाका २ जना र सुनसरीका ३३ जनामा कोरोना पुष्टि भएको छ ।यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ७५ जना, पर्साका ४६ जना , बाराका ८२ महोत्तरीका ३७ जना,सप्तरीका ६ जना, सर्लाहीका ३४ जना र सिरहका २६ जनामा कोरोना पुष्टि भएको छ ।यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३७२ जना, भक्तपुरका ४५ जना, ललितपुरका १२ जना, काभ्रेका २५ जना, चितवनका ९० जना, धादिङका ३ जना,  मकवानपुरका ९ जना, रामेछापका एकजना,  सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका ५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ५ जना, गोरखाका ५ जना, तनहुँका ४ नवलपरासी पूर्वका २ जना, बाग्लुङका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ३ जना, कपिलवस्तुका २५ जना, गुल्मीका ६ जना, दाङका ५ जना, नवलपरासीका २१ जना, पाल्पाका ८ जना, प्युठानका ५ जना, बर्दियाका ६ जना, बाँकेका १४ जना, रुपन्देहीका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ८ जना, कञ्चनपुरका एक जना, कैलालीका ६ जना, डोटीका ११ जना, दार्चुलका २ जना, बझाङका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ८२२ पुगेको छ ।

हालसम्म कूल संक्रमितको ५४ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ५५५ थियो । मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको थियो ।

आज थप १४ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । आज मृत्यु हुनेमा ४ जना महिला र १० पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार