काठमाडौं उपत्यकामा थपिए २९८ सहित ८९९ जना कोरोना संक्रमित

संक्रमितको संख्या ३९ हजार ४६०पुग्यो

काठमाडौं, १५ भाद्र – काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण  भएसंगै नेपालभर ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । त्यसमध्ये काठमाडौंका १ सय ९० जना, ललितपुरका ६७ जना र भक्तपुरमा ४१ जना छन्।

सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ थियो ।

पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४१० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ८२२ थियो ।

मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२१ पुगेको थियो । आज थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २२८पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार