भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधन, आज अन्तिम संस्कार

एजेन्सी, १६  भदौ – भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी सोमबार निधन भएको छ। नयाँ दिल्लीस्थित आर्मी अस्पतालमा उनको निधन भएको हो। भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज दिउँसो अन्तिम संस्कार गरिने भएको छ ।

मुखर्जीका छोरा अभिजित मुखर्जीले पिताको निधनको जानकारी ट्वीट गरेर दिएका हुन्। कोरोनाका कारण निधन भएका मुखर्जी ८४ बर्षका थिए । नरेन्द्र मोदी सरकारले उनलाई भारत रत्नबाट सम्मानित गरेको थियो।

मुखर्जी भारतको १३औं राष्ट्रपति थिए। राष्ट्रपति हुनुअघी उनी भारतीय कांग्रेस पार्टीका तर्फबाट अर्थमन्त्री लगायत अन्य मन्त्रालयमा पनि नेतृत्व गरेका थिए।

मुखर्जीको अन्तिम संस्कार दिल्लीस्थित लोदी श्मशान घाटमा दिउँसो साढे २ बजे गरिने भएको छ । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान सवा ९ बजेदेखि दिल्लीस्थित दश राजाजी मार्गमा राखिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मुखर्जीको निधनमा भारत सरकारले सात दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । मष्तिस्कमा जमेको रगत निकाल्ने क्रममा मुखर्जीलाई गत अगष्ट १० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

त्यसयता दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा भर्ना भएका मुखर्जीको सोमबार साँझ ८४ वर्षको उमेरमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार