केन्द्रीय कारागारका ३ जना कैदीको निधन, एक जनामा काेराेना संक्रमण

काठमाडाैं, १६ भदाै – केन्द्रीय कारागारमा रहेका ३ जना कैदीको निधन भएको छ । उपचारका क्रममा मृत्यु भएका तीन कैदीमध्ये एक जनामा कोरोना संक्रमण  पुष्टि भएको छ ।

मेगा अस्पतालमा मृत्यु भएका एक ४० वर्षीय कैदीमा कोरोना पुष्टि भएको हो । अन्य दुई जनाको भने उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।

मृतक अन्य दुईमध्ये एक जनाको ५ भदौमा भएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । अर्का मृतकको रिपोर्ट भने आउन बाँकी नै रहेकाे बताइएकाे छ । यस अघि केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार