बल्कोट युएई सम्पर्क समाजद्वारा पौवामा कुर्ची निर्माणगरी हस्तान्तरण

अर्घाखाँची, २० भाद्र  – बल्कोट अर्घाखाँची युएइ सम्पर्क समाजले बल्कोटमा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल बल्कोट पौवामा फलाम र काठबाट निर्मित ५ ओटा कुर्ची निर्माण गरि एक समारोहको आयोजना गरी हस्तान्तरण गरेको छ ।

रोजगारीको लागि विदेशिएका बल्कोटका युवाहरुले पौवाको अवलोकन गरि प्रागङ्गणमा कुर्ची निर्माण गर्न चन्दा संकलन गरी करीब १ लाख २५ हजार रकममा  कुर्ची निर्माण गरेको युएइ सम्पर्क समाजका अध्यक्ष टुमलाल पाण्डेले बताए ।

पछिल्लो समय छत्रदेब का विभिन्न स्थान मा रहेका गरिब दुखी बित्पन तथा असाहयहरु लाई सहयोग गर्दै आएको सस्था बल्कोटअर्घाखाँची युएइ सम्पर्क समाज ले एस पटक भने गाउँ बिकास को कार्य मा पनि हात अघि बडाएको छ ।

ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल बल्कोट पौवामा अबलोकन तथा घुम्न आउने पर्यटन को लागि केहीछिन बसाई को लागि आगन मा केही नभएकोले यस ठाउँ मा कुर्ची राखिएको जनाएको छ ।

सो अवसरमा कुर्ची हस्तान्तरण गर्दै छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्ररेलले गाउँपालिको विकासको लागि युवाहरुको प्रमुख भुमिका रहने बताए । उनले युवाहरुमा इच्छा शक्ति भएमा गाउँटोलको विकासमा जुन ठाउँबाट पनि सहयोग गर्न सकिन्छ भन्ने गतिलो उदाहरण समाजले दिएको बताए । खाडी मुलुकमा भएर पनि कोरोनाको महामारीमा पनि थोरै थोरै रकम संकलन गरि ऐतिहासिक धरोहर बल्कोट पौवामा बेन्च निर्माण गरेकोमा धन्यवाद ज्ञापन गरे ।

कार्यक्रम परशुु रामेश्वर गुठी पौवा संरक्षण समीतिका अध्यक्ष तथा वडा नं. २ अध्यक्ष  राजेश पन्थीको  सभापतित्वमा  नेपाली कांग्रेसका युवानेता पिताम्बर खनालले संचालन गरेका थिए ।

उक्त कार्यक्रममा छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुल्सिदेबि श्रेष्ठ, प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसाल, वडाध्यक्षहरु प्रकाश पन्थी, राजेश पन्थी, तेजप्रसाद खनाल, अशोक श्रेष्ठ, पौवा संरक्षक समितिका पदाधिकारीहरु, नेपाली कांग्रेसका जिल्ला सचिव बिष्णु भुसाल, तरुणदल छत्रदेवका अध्यक्ष नरेन्द्र पौडेल, नेकपा छत्रदेव अध्यक्ष रामलाल पराजुली, राम्जी पाण्डे, राजु पाण्डे, नारायण खनाल, धुर्व पाण्डे, वडा सचिव विशाल ओली, बलकोट प्रहरी चौकी इन्चार्ज राम विलास यादव, लगाएत विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुको उपस्थिती रहेका थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार