काठमाडौं उपत्यकामा ४०८ जना सहित देशभर १,०४१ जना संक्रमित थपिए

काठमाडौं, २१ भदौ – गत २४ घण्टामा काठमाण्डौँ उपत्यकामा ४०८ सहित देशभर एक हजार ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ बाट नौ जनाको मृत्यु भएको जानकारी दिए। हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २८० पुगेको छ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. गौतमले अहिलेसम्म सङ्क्रमित र सङ्क्रमणमुक्त समेतगरी ४५ हजार २७७ जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिए। देशभरी कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार ८७० छ। संस्थागत आइसोलेशनमा रहेका व्यक्तिको सङ्ख्या नौ हजार ८६६ छ।

संस्थागत आइसोलशनअन्र्तगत प्रदेश नं १ मा ७९९, प्रदेश नं २ मा ३२५, वागमती प्रदेशमा पाँच हजार ८७५, गण्डकी प्रदेशमा ८६०, प्रदेश नं ५ मा ९०५, कर्णाली प्रदेशमा ३० र सुदूरपश्चिम प्रदेशमा ७७२ जना छन्। होम आइसोलेशनमा आठ हजार चार जना छन्।

हालसम्म विश्वमा दुई करोड ६७ लाख ९९ हजार ४०९ कोभिड–१९ बाट सङ्क्रमित छन्। आठ लाख ७९ हजार २८ व्यक्तिको मृत्यु भइसकेको छ । एक करोड ८९ लाख १० हजार ४३० व्यक्ति विश्वभर यस रोगबाट निको भएका छन्।

पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनामा पिसीआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए। हालसम्म जम्मा सात लाख ५७ हजार ९६३ को पिसीआर परीक्षण गरिएको छ।

क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या छ हजार ५६१ छ। गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५६६ छ। कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या औषतमा ६० प्रतिशत छ। सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला ताप्लेजुङ, सोलुखुम्वु, मुगु, मुस्ताङ, डोल्पा र हुम्ला छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार