मलाई कोरोना लागेपनि स्वास्थ्यमा कुनै समस्या छैन – डा. शशांक कोइराला

काठमाडौं, २३ भदौ  – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफूमा कोरोनाभाइरस संक्रमण भएको बताएका छन्। मंगलबार आएको स्वाब परीक्षण रिपोर्टले कोरोना संक्रमण पुष्टि भएको कोइरालाले बताए। उनले आफू होम आइसोलेसनमा बसेको जानकारी दिए।

‘आज गरिएको परीक्षणमा मलाई कोरोना संक्रमण पुष्टि भएको छ,’ कोइरालाले भने, ‘हाल मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन।’

चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसन बसेको उनले जानकारी दिए। ‘मसँग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा सजगता अपनाउनु हुन अनुरोध गर्दछु,’ कोइरालाले भने।

सोमबार ज्वरो आएपछि कोइरालाको ह्याम्स अस्पतालमा स्वाब परीक्षण गरिएको थियो। कोइरालाका सहयोगी भरत तिवारीका अनुसार कोइरालामा मंगलबार ज्वरो घटिसकेको छ। ‘उहाँले सिटामल खाएर आराम गरिरहनुभएको छ’ उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार