कति पुग्यो त विश्वभर कोरोना संक्रमित र मृत्युको दर ?

चीनको वुहान शहर बाट गत बर्षको डिसेम्बरको अन्त्य बाट शुरू भएको नोबेल कोरोना भाइरस (कोबिड१९) अहिले विश्वभरी फैलिएको छ जसले गर्दा विश्वभरका मानिसहरूको जीवन अस्तव्यस्त भएको छ ।

हालसम्म बिश्वभर कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार ९८२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९५ लाख ९२ हजार २८० व्यक्ति कोरोना मुक्त भएका छन् ।हाल विश्वमा ७० लाख ३ हजार ७७६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ ।
सङ्क्रमितहरु मध्ये ६० हजार २९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । त्यसै गरि कोरोना भाइरस  (कोबिड१९)ले नेपाललाई पनि अछुतो राख्न सकेन ,दिनैदिन संक्रमित र मृत्युको दर बढ्दो क्रममा नै रहेको छ ,हालसम्म नेपालभर कोरोना संक्रमितको संख्या ४८१३८ पुगेको छ,र त्यसै गरि मृत्युको संख्या ३०६ पुगेको छ। त्यतिमात्र नभई निको भई घर फर्कनेको संख्या ३२९६४ पुगेको छ।
कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा तथ्यांक सार्वजनिक गरेको छ।अमेरिकामा ६४ लाख ८५ हजार ५७५ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३७ लाख ५८ हजार  ६२९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९३ हजार ५३४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।भारतमा ४२ लाख ८० हजार ४२२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् ।
यहाँ  ३३ लाख २३ हजार ९५० कोरोना भाइरस मुक्त भएका छन् भने ७२ हजार ८१६ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४१ लाख ४७ हजार ७९४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३३ लाख ५५ हजार ५६४ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २७ हजार १ जनाको मृत्यु भएको छ ।  रुस १० लाख ३० हजार ६९० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन ।
यहाँ ८ लाख ४३ हजार २७७ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ८७१ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख  ९१ हजार ५७५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख २२ हजार २५१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ९७६ जनाको मृत्यु भएको छ ।
कोलम्बिया ६ लाख ७१ हजार ८४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख  २९ हजार २७९ कोरोना भाइरस मुक्त भएका छन् भने २१ हजार ६१५ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ३९ हजार ३६२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ ।
यहाँ ५ लाख ६६ हजार ५५५ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ६ लाख ३७ हजार ५०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ४६ हजार ७१५ कोरोना भाइरस मुक्त भएका छन् भने ६७ हजार ७८१ जनाको मृत्यु भएको छ ।
स्पेनमा ५ लाख  २५ हजार  ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ५१६ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ४ लाख ८८ हजार ७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ५७ हजार ३८८ कोरोना भाइरस मुक्त भएका छन् भने १० हजार १२९ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार