सरकार जनता अझ कहिले सम्म भोकभोकै बस्नुपर्छ ?

सर्प पाल्नको लागि करोडौं बजेट छुटाउनेले सरकार, गरिब जनतालाई एक छाक खुवाउन सक्दैन

करिब ६ महिना बाट सुन्दै आएका छौ र भोग्दै आएका छौ लकडाउन भन्ने शब्द, चीनको वुहान शहर बाट सुरू भएको यो नौलो परजातिको कोरोना भाइरसले गर्दा बिश्वका हरेक राष्ट्रहरूको अर्थतन्त्रलाई बिजोग बनाएको छ।यश भाइरसले नेपाललाई पनि अछुतो बनाउन सकेन ।

नेपाल आफैमा एउटा गरिब राष्ट्र झन अहिलेको यो अबस्थाले गर्दा देशको अर्थतन्त्रलाई नै खैलाबैला मच्चाएको छ। चैत महिनाकाे १० गतेबाट शुरू भएको लकडाउनले गर्दा देशका गरिब जनताहरूको जीवन नै काली लाग्दो भएको छ। न त सरकारले हेर्छ, न त काम गर्ने वातावरण नै सिर्जना गर्छ, मात्र लकडाउन र निषेधाज्ञाको अवधि बढाउन बैठक बस्छ ।

यसो लकडाउन हुने बित्तिकै दुई चार हप्ता जति राहतको नाममा पाँच किलो चामल वितरण गर्यो, अनि बाकी दिनहरू भोकभोकै बस्न बाध्य बनायो । लकडाउनको सुरूवात सँगै भारतबाट नेपाल भित्रने नागरिकलाई कैयौं दिन बोर्डरमा बिचल्ली बनाएर राखियो ।

कतिलाई मानसिक तनाव दियो, न त खानाको लागि एक छाक खानेकुरा दियो। कोही भागेर घर तक पुगे, त कोही त्यही मरेर बिचल्ली भए, अझ उल्टै भारतबाट आएकाले कोरोना लिएर आए भनेर आरोप लगाइयो, सत्ता टिकाउन जे बोले पनि हुने रहेछ महासहाय हरूलाई,!

जब चुनाव आएको थियो यिनै सोझा साँझा जनताहरूलाई दुईचार अाेटा मिठा शब्द गरेर अमुल्य भोट फुत्काए अनि अहिले जनतालाई परेको बेला कहाँ हराएका छन् त्यी लाचार नेताहरू, दुखी गरिबहरू सडकमा ओर्लिएर एक छाक भरि पेट खान पाइन्छ कि भनेर खुल्लामञ्चमा लामलागेर बसेका छन्।

यो सब कुरा सरकारलाई नि थाहा छ नेतालाई नि थाहा छ तर सरकार यति बेला कानमा रूई हालेर बसेको छ । हामी सबैलाई थाहा छ सरकारले अब गरिब, दुखी जनतालाई मार्न योजना बनाएको छ, यदि जनताको माया भएको भए त सोचेर बिचार गरेर लकडाउन गर्ने थियो होला, आफ्नो देशको स्थिति कस्तो छ, कति दिन लकडाउन गर्दा कुन हालतबाट गुर्जिन्छन् हाम्रा जनताहरू, त्यस्तो स्थितिमा के गर्न सक्छु भनेर सोचेन हाम्रो सरकारले !

ल ठिक छ लकडाउन गराउनु नै थियो, यत्रो सरकारी कर्मचारीहरू छन्, यिनिहरूको दुई, तीन महिनाको तलब काटेर, ती सडकमा उभिएको गरिबलाई उद्दार गर्न सक्थ्यो होला नि, ठाउँठाउँमा बाढी पहिरोले बगाएर त्यत्रो गाउँ नै सखाप पारेको छ, त्यत्रो मानिसहरूको क्षति पुराई सक्यो, तर सरकारले केही बोल्दैन, राहत कहाँ पुगेको छ?

राहत त त्यहाँ पुग्छ जो सँग पाओर छ, तिनैले पाउँछन् पैसा, अनि गरिब जनताहरू सडकमा भोकभोकै बस्न बाध्य छन्। जाबो सर्प पाल्नको लागि करोडौं लगानी गरिन्छ, अनि गरिब जनतालाई बचाउन एक रूपियाको कन्जुस्याइँ गरिन्छ ।

आर्को कुरा यो नसोच्नुहोस् सरकार जनता गरिब छन्, दुखी छन्, यिनीहरूलाई दबाएर राख्ने हो भनेर, आज तपाईंहरू जुन कुर्सी र पद भनेर भागदैड गर्नु भएको छ नि भोलिका दिनमा यिनै जनता खनिन्छन, यिनै जनता उत्रिन्छन् , तिमीहरूको माथि, अलिकति ध्यान पुर्याउनु मन्त्रीज्युहरू देशको हरेक ठाउँका जनताहरू तपाईंहरू जस्ता धनीहरू छैनन्, आजै कमाएर आजै खाने र भोलि कमाएर भोलि नै खाने पनि छन् त्यस्ता ब्यक्तिहरूको बारेमा एक पटक नि सोचिएन है!

त्यसैले हे सरकार अब लकडाउन र निषेधाज्ञा छिटोभन्दा छिटो तोडियोस् र आर्को नयाँ बिकल्प लिएर आउनुहोस्, यो महामारीबाट बचाउनका लागि, यसरी जनताहरूलाई भोकभोकै बस्न बाध्य नबनाउनुहोस, यदि भोलि देशमा कोही जनता भोकभोकै मरे भने त्यसको जिम्मा तपाईंहरु हुनुहुन्छ सि‌‌‌हदरवारमा सरकार चलाउनेहरु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार