दिनप्रतिदिन स्याङ्जामा पनि कोरोना संक्रमित संख्या बढ्दो, आज मात्रै १२ जनामा देखियो

स्याङ्जा, २५ भाद्र – हरेक दिन देशमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको बेला, स्याङ्जामानि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या उच्च रहेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६:४५ जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा गरिएको परीक्षणका क्रममा १२ जना कोरोना सङ्क्रमित थपिएको कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँले परीक्षणका क्रममा स्याङ्जाको पुतलीबजार नगरपालिकाका ७ जना पुरुष र ५ जना महिला गरी १२ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उनीहरु सबै जना कन्टायक टेर्सिङबाट पहिचान भएको समेत जानकारी दिनुभयो ।

सङ्क्रमित स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो ।

पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या २७२८ पुगेको छ । त्यसैगरि स्याङ्जाको अबस्था हेर्दा खेरि ठाउँठाउँमा केही पसलहरू खुलेका छन् र सवारी साधनलाई पनि जोर बिजोर प्रणाली लागू गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार