पाटन अस्पतालमा काठमाडौंका कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं,  २६ भदौ  – ललितपुस्थित पाटन अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । काठमाडौं निवासी ६३ वर्षिय पुरुषको शुक्रबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।

ती पुरुषलाई भदौ २४ गते अस्पताल भर्ना गरिएको थियो । उनमा कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य समस्या थियो कि थिएन भन्नेबारे स्वास्थ्य कार्यालयले खुलाएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार