https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

कोरोना भाइरसबाट मृत्युु हुनेको संख्यामा भारत तेस्रो स्थानमा

बिश्वब्यापी रूपमा फैलिएको नोबल कोरोना भाइरस अहिले बिश्व लाई परिक्रमा गरेको छ । लाखौं मान्छेको मृत्यु भइसकेको छ भने करोडौं मान्छे यश भाइरसबाट संक्रमित हुन पुगेका छन् ।अहिलेसम्म यश भाइरस बिरूद कुनै पनि राष्ट्रहरू सफल खोप बनाउन असफल भएका छन् ।

 

त्यसै गरि भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन एक हजार २०९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७६ हजार २७१ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ९६ हजार ५५१ नयाँ संक्रमित थपिएका छन् ।

एकैदिन थपिएका नयाँ संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । नयाँ संक्रमित संख्यामा भारतले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ ।

अघिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ९५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५ लाख ६२ हजार ४१५ पुगेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका ३५ लाख ४२ हजार ६६४ संक्रमित निको पा डिस्चार्ज भइसकेका छन् ।

अझै नौ लाख ४३ हजार ४८० संक्रमित निको हुन बाँकी छन् । भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेको मुलुक हो । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा भने भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।स्वास्थ मन्त्रालयको अनुसार लकडाउन खुकुलो हुनुको कारण नै भारतमा संक्रमित र मृत्यु दर बढेको हो भनेको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार