https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २७ भदौ – ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । काठमाडौं र भक्तपुरका कोरोना संक्रमितको मृत्यु भएको हो ।

भक्तपुर निवासी ६२ वर्षिय पुरुषको शुक्रबार राति ९:४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ । ती पुरुषलाई भदौ १७ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै, पाटनमै काठमाडौं निवासी ५१ वर्षिय पुरुषको शनिबार बिहान २ बजे मृत्यु भएको हो । ती पुरुषलाई भदौ १९ गते अस्पताल ल्याइएको थियो ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार