https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

दशैकाे मुखमा नेपालमा प्याजको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं, ३० भाद्र –  दशैकाे मुखमा जनताको घरको चुलो बोल्न धौधौ भएको बेला भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमासमेत प्याज पाइनै छाडेको छ । आक्कल झुक्कल कुनै पसलमा पाइने प्याज पनि अचाक्ली महँगो छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले प्याज निर्यात रोकेको जानकारी दिए । भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरु बताउँछन् । यतिबेला कुनै व्यापारीहरुसँग भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ ।

व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेको उपभोक्ताहरु बताउँछन् । जबकी अघिल्लो दिनसम्म प्याज ६६ रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो । भारतले निर्यात रोकेको बहानामा व्यापारीहरुले स्टकमा रहेको प्याजको कृत्रिम अभाव सिर्जना गर्दै महँगोमा बेचिरहेको आशंका उपभोक्ताहरुको छ ।

भारत सरकारले प्याजको मूल्य अत्यधिक बढेको भन्दै निर्यात बन्द गरेको हो । निर्यात बन्द गरेपछि बजारमा प्याज प्रशस्त पाइने र मूल्य पनि कम हुने भारत सरकारको विश्लेषण छ ।

यदि भारतले प्याज निर्यातमा रोक लगाइराख्यो भने नेपालमा प्याजको मूल्य बढ्न सक्ने उपभोक्ताहरूको गुनासो छ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार