https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

मुलुकभर पछिल्लो २४ घण्टामा १,४५९ कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा ६७६ थपिए

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५६,७८८ पुग्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ थियो । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जना गरी जम्मा ६७६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ ।

मन्त्रालयका अनुसार आज थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान ग गुमाउनेको संख्या ३७१ पुगेको थियो ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार