प्रकाश सपुतको गल्बन्दी गितमा उत्कृष्ट टिकटक भिडियो बनाउनेलाइ पुरस्कारकाे घाेषाणा

काठमाडौं, ३१ भाद्र – सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देश तथा विदेशमा रहेका टिकटक प्रयोगकर्ताहरूका लागि ‘सिटी एक्सप्रेस गल्बन्दी टिकटक च्यालेन्ज’को आयोजना गरेको छ ।

लोकप्रिय गायक प्रकाश सपुतको निकै चर्चित गीत ‘गल्बन्दी’को मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरि सोही गीत स्मरण गराउँदै ‘सिटी एक्सप्रेस गल्बन्दी टिकटक च्यालेन्ज’को आयोजना गरेको छ ।

सो च्यालेन्जमा सहभागीहरूमध्ये प्रथम, द्वितीय तथा तृतीय उत्कृष्ट भिडियोले क्रमश: रु १५००० , रु १००००, र रु ५००० नगद पुरस्कार पाउने छ । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई रु ५०० बराबरको मोबाइल टपअप प्रदान गरिनेछ ।

भिडियो यही असोज १४ गतेसम्म पोस्ट गरिसक्नुपर्नेछ । जसको नतिजा असोज २० गते प्रकाशन गरिनेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखिकोरिया, जापान, साउदी, कतार, कुवेत, मलेसिया, अष्ट्रेलियालगायत संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार