https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

हे सरकार अवत जनताकाे आवाज सुन

काठमाडौं, ३१ भाद्र – कोरोनाको कारण देशमा लकडाउन भयो, अझ लकडाउनले कोरोना नियन्त्रणमा आएन भनेर केही महिना जति निषेधाज्ञा गरियो । तर जनताहरू घर भित्र बसेर अभूतपूर्व सहयोग गरेको बेला सरकारले धेरै तयारी गर्नुपर्ने थियो, लकडाउन भएको करिब ६ महिना बितिसक्दा पनि सरकारले के कस्ता तयारी गर्यो त भनेर हामी जनताहरूले सुन्न पाएका छैनौं ।

आफ्नो पद बचाउन गरेको दौडधुप र बैठक माथि बैठक कस्तो थियो । हर एक नेताले आफ्नो पद बचाउन बेलुकै मिटिङ्  ,बिहानै मिटिङ्ग, साझा मिटिङ्ग, घरघरमा मिटिङ्ग यश बिषयलाई लिएर भएको थियो । कुरा प्राथमिकता हो, आफ्नो पद सुरक्षित राख्न नेताज्युहरू कति दौडधुप गर्दा रहेछन् त भन्ने कुरा देखिराख्नु भयो होला, आफ्ना लागि कति खेल खेल्दा रहेछन् भन्ने कुरा स्पष्ट देख्नुभयो होला नि, यसै गरि मुलुकको अहिले आएको समस्या समाधान गर्न लाग्ने हो भने कति समस्या को समाधान हुन्थ्यो होला ।

जसरी आफ्नो पद जोगाउन दौडधुप गर्नुभएको थियो नि, ठिक त्यसै गरि अहिले नेपाली जनताहरू बिदेश छट्पटी रहेका छन्, सरकारले हामीलाई कहिले उद्दार गर्छ भनेर तर सरकारले यता लुटतन्त्र मच्चाएको छ उद्दारको नाममा ,देशमा रेमिटेन्स पठाएर मुलुकको अर्थतन्त्र भरथेग गरिरहेका नागरिकलाई यस्तो प्रतिकूल बेलामा सरकारले नागरिकको दुख र पीडा माथि लुटतन्त्र सुरू गर्न लागेको छ।

हे सरकार नेपाली जनताहरू बिदेशमा मोजमस्तिका लागि होइन, साहूको ऋण, घरको छानो र आफ्नो परिवारको मुहार फेर्न सक्छु कि भनेर बिदेश पलायन भएको हुन, तर तपाईंहरूको यो घटिए सोच छ नि जुन जनताहरूलाई दुख दिने, यो कहिले सम्म भई राख्छ सरकार !

हो अरू बेला भन्दा यस्तै संकट बेलामा हर कोही लाई सरकारले केही गर्छ कि भनेर आश लाग्छ अझ बढी आश त ती जनतालाई लाग्छ जो बिदेशमा यो महामारीले गर्दा कम्पनी बन्द भएर एक छाक टार्न गार्‍हो हुन्छ तिनीहरूलाई आश लाग्छ, बिचार बाटो हेरेर बस्छन् हाम्रो सरकार हामीलाई उद्दार गर्न कहिले जहाज लिएर आउँछ भनेर तर महासय तपाईंहरूको मुख्य एजेन्डा त आफ्ना नातावाद र कृपावाादलाई यो पदमा कसरी हाल्ने, कुन मन्त्रीलाई सल्लाहकार राख्ने, कुन मन्त्रीलाई बचाउने भन्नेमा छ ।

एउटा समवेदनशील पदमा बसेका मन्त्रीज्युलाई अझै पनि थाहा छैन कसरी बोल्ने भनेर, हे योगेश ज्यु तपाईंले अन्तरवार्तामा भन्नुभएको थियो, पैसा तिर्न सक्ने बिदेश बाट आउछन्, नसक्ने आउनन्, हामीलाई के भयो भनेर, तर यो बोलिको आशामा विदेशी नेपालीहरू बसेका थिएनन्, यदि तपाईले तिनीहरूको उद्दार गर्छु, चिन्ता नलिग्नुहोस्, हामी छौ भनेको भए, कति खुशी हुन्थ्यो होला, ती पिडित नेपालीहरू तर अहँ तपाईंको त्यो शब्दहरूले जनताहरूले भनिसके, नालायक सरकार, भनेर छि, अलिकति लाज लागेन है यो नालायक जस्तो शब्द सुन्दा, तिनै जनताले पठाएको रेमिटेन्सले गर्दा यो देश धानिएको छ र तिमीहरूलाई बसीबसी तिनै जनताले पठाएको रेमिटेन्स आफ्नो खल्तीमा हालेका छौ। अनि तिनै जनताको आवाज नसुनेर पदको बाडफाड गर्छौ, अब जनताहरूले बुझिसके तिमीहरूको जनता मर्ने खेल, अब पनि ती जनतालाई उद्दार गर्न तिर लागेनौ भने हुन्डि मार्फत पैसा पठाउने प्रणाली सुरू गर्नुपर्छ यो देशमा।

त्यति मात्र नभई देश भरिकै अस्पतालको अवस्था नाजुक छ , यो देशका स्वास्थ मन्त्रीले के गरे त ? कति वटा अस्पतालका स्थलगत भ्रमण गरे? कति वटा स्वास्थ्यकर्मीहरू सँग संक्रमितको अवस्था बुझे त? खोइ हामीलाई त सुन्नमा आएन त । बरू आफ्नो पद धरापमा पर्छ कि भनेर त्यसको अवस्था बुझेको सुन्नमा आयो ।

अस्पतालमा बिरामी राख्ने बेड छैन, राम्रो खानेपानीको ब्यवस्था छैन, प्रयाप्त स्वास्थ सामाग्री छैन, लिएर आएको स्वास्थ सामाग्रीमा घोटाला भयो छानबिन छैन । ए स्वास्थ मन्त्री ज्यु अझ कहिले सम्म पाहुनाशीत गफगााफमा व्यस्त हुनुहुन्छ, अब आफ्नै घरमा पठाइदिनु होस् पाउनालाई, देशको स्थिति झन जटिल बन्दै छ अब त केही गर्नुहोस् न, अर्को चुनाव लाई नभुल्नुहोस्, भोट चाहिन्छ भने जनता बचाउनुहोस्, स्वास्थ्य मन्त्रीज्यु पाउनालाई कोरोना सकिए पछि घरमा बोलाएर सुनको थालमा पैसा पस्केर खुवाए पनि हामी जनताहरू केही बोल्ने छैनौं । हे सरकार अवत जनताकाे आवाज सुन ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार