https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

सम्मतीको विरोधाभास

शुक्रवार  १ः३० बजे दिउशो अफिस सकेपछि सपरिवार विरगञ्ज स्थित ससुरालीतिर लागियो । बाहिर तातो हावा र चर्को घाम तै पनी घर भित्र पंखाको हावाले पसिना ओभाई रहेको थियो, पारीवारीक वातावरणमा अपरान्हको समय ब्यतीत भैरहेको थियो । लुडो चलि रहेको थियो ।

सदावहार गीतहरुको मधुर आवाज आइरहेको थियो । आनन्द पुर्वक तराईका खानेकुराहरुमा मज्जा आईरहेकोे थियो, जवसम्म ससुरा वा ले कुरा झिक्नु भाको थिएन की “ज्वाई साहिव हम विचार करतानी कि सामके खाना चित्लाङ्ग मे खायल जाई“ ।

श्रीमतिवाट तुरुन्तै प्रतिकृया आयो “बुबाले राम्रो कुरो झिक्नु भो, हो हो जाउं सबैजना आज उतै खाना खान, रमाईलो गर्ने”। । मलाई भने यो कुरा रतिभर मन परिरहेको थिएन किनकि यस्तो वाफिलो वातावरण, त्यैमाथि वाटोको हालत सबै वाटो कतै बनाउदै गरेको छ कतै भत्केको छ, धुलै धुलो छ, उवाड खवाड खाल्टा खुल्टी, त्यसमाथि लामो यात्रा, सामुहिकताको अगाडि मेरो मन भाचेरै भने, “ठिकै छ , हुन्छ आज वाहिरै खाउं न त, तर आमालाई सोधेनन् बेलुकाको केहि विशेस भए यता छुट्लानि” । सासुआमा ले भन्नु भो “ वास्तवमा म पनी माथी तिर जान इच्छुक छु, चितलाङ्ग न गा पनि वर्षौ भो “ ।

यात्रा सहज थिएन, गाडी चलाउन अशाधै गारो एक त जताततै खाल्टा र खुल्टी, अनि गर्माी धुवा धुलो उस्तै साथै लामो यात्रा । विरगंज देखि पथलैया सडक खण्ड त जताततै सडक निमार्णमा कार्य चलिरहेको थियो जसलेगर्दा सवैजनालाई यात्रा कस्टकर रहन गयो । माथि पनि बाटो अप्ठेरो । वल्ल तल्ल चितलांग आई पुगीयो, थकित । यात्रा जस्तै खराव रहेछ होटलको खानेकुरा । जसो तसा खाना खाइयो । कसैले कहि प्रतिकृया दिएनन् । चुपचाप बिरगंज फिर्ति सवारी भो हाम्रो उतिकै कस्टकर यात्रावाट ।

घर आउंदा ढिलो भैसकेको थियो, सवैजना थकित, गलीत तै पनी एकजनाले भन्न भ्याई हाले “गज्जवको रमाईलो यात्रा, भएन त ?” नमीठो व्यंग्य जस्तो लाग्यो उनको भनाइ पनि । वास्तवमा सासुआमा ले भन्नु भएको थियो, जवकि सबै भन्दा यात्रामा विसन्चो वहाँलई नै भै रहेको थियो , गाडी लागेर, उहालाई थाहाथियो पहिले नै बान्ता हुन्छ भन्ने, वाहां आरामले घरमा वस्न सक्नु हुन्थो तर अरुको उत्साहले उहालाई रोक्यो ।

मलाई अतिनै भो भन्ने लागेर भने “ मलाई त हामिले जे गर्यौ, त्यो पटकै चित्त बुझेन, म त ससुरा बुबाले प्रस्ताव गर्नुभयो, किन चित्त दुखाउँ र भनेर मात्र लिएर गएको थिए ।” श्रीमति ले पनि मलिन मुहारले भनिन “म पनि तपाईहरुको खुशिको लागी गा नत्र यस्तो गर्मिमा बाहिर जान त मलाई पनि मन थिएन” ।

ससुरा वा जस्ले यो विचार निकाल्नु भाको थियो उहाँले भन्नु भो “ज्वाई राजा लाई वोर भो होला हप्ताभरि घरअफिस मात्रै गर्दा, यसो शुक्रवार घुमघाम गर्न रमाइलो होला भनेर पो त ।”

हामी सबै एउटा अन्योलमा पर्यौं । हामीले सँगै यात्रा गर्ने निर्णय गरेका थियौं जुन वास्तवमा हामी कसैको भित्री चाहना थिएन । सबैले एक अर्काको चित्त नदुखाउन र विचार नबझाउन सहमतिमा आएका थियौं । परिवारको सबैभन्दा मान्य व्यक्ति (ससुराबुबा)बाट जुन प्रस्ताव भएको थियो त्यसकाे फाइदा अप्ठेराको कुराहरुमा विचार गर्न छलफल गर्नतिर लागेनौं ।

परिवारकै बुजुर्ग व्यक्तिका रुपमा उहाँको वचन पनि राखियो । अर्कौ एकजनाले स्वीकार गरेपछि त्यही प्रस्ताव अरु बलियो हुनगयो र तेस्रोले झन फरक विचार ल्याउने कुरा आएन । यही हिसाबले हाम्रो निर्णय भयो । खासमा कसैले पनि चाहना नगरेको निर्णय सर्वसहमतिमा भयो ।

हामी सवै दिउसो घरै वसेर जुन आराम गर्न सक्दथियौं समय रहदै त्यस सहज विकल्पलाई छोडेर र दुख पायौं । जीवनमा यस्ता कैयौ परीस्थीतिहरुमा हामी यस्ता विरोधाभाषपुर्ण व्यवहारहरु देखाउंछौ साथै त्यसरी लिइने गलत निर्णयको सिकार पनि बन्दछौ ।

त्यस्ता परीस्थितीहरुमा समुहुका सदस्यहरुको इच्छा विरुद्ध हुन जान्छ कि भन्ने असल चाहनाले गर्दा फरक विचार प्रस्तुत गर्न हिचकिचाहट हुन्छ अनि नचाहंदा नचाहंदै हामी यस्तै विडम्बनापुर्ण सामुहिक निर्णयको शिकार वन्दछौ । सामान्यतया, यस्तो किन हुने गर्दछ भने व्यक्तिले सामाजिक भावनाको कारण अनि साथीको अपेक्षा अनुरुपको व्यवहार दर्साउन, निर्णय प्रक्रिया सहज र सजिलो पारिदिन, समुहका सदस्यहरुको मन राख्न एबम् मैत्री र विश्वासको सम्बन्ध नबिगार्न सहमतिको भावना प्रदर्शित गर्न आवस्यक ठान्दछ ।

त्यस्तै सँस्थागत परिवेशमा समुहको सदस्यले आफ्नो भावना किन पनि नदर्शाउने संभावना हुन्छ भने कसैलाई पनि उ वढ्ता वाठो हुन वा ‘हिरो” बन्न खोज्ने स्वभाव राखेको वा स्थापित मर्यादामानलाई चुनौति दिन खोजेको आभास नहोओस् भन्नेमा सजग रहन चाहन्छ । तर अक्सर यी डरहरु गलत डरहरु हुन् र यस्ता प्रवृत्ति नै वास्तवमा गलत निर्णयहरुको कारण बन्ने गर्दछन् ।

यसरी आफु बेवकुफ भै भै समुहमा फिटहुन समर्थनको स्वर बोल्ने यस्तो मानवीय व्यवहार र प्रवृत्तिलाई व्यवस्थापनको भाष्यमा अविलेन विरोधाभाषमा (The Abilene Paradox) को रुपमा व्याख्या गरीएको छ ।

के हो त अविलेन विरोधाभाष (The Abilene Paradox)
यो व्यवहारलाई समुहसोच वा “Group think” पनि भनिन्छ । यो उद्योग, संगठन र सामाजिक संरचनाहरुको परिवेशमा अध्ययन र विश्लेषण गरीन्छ, यसले समुहहरुको मनोविज्ञान र सामाजीक व्यवहार र समुहभित्रका सदस्यहरुबीचको सम्बन्ध Intra Group Relation  को गतिशीलता Dynamism लाई जनाउँछ ।

एक पेशागत संगठनमा, यो समुहसोचले एक प्रभावकारी भुमिका खेल्दछ, जसमा नकारात्मक नतिजाको डरले व्यक्तिहरु आफुभन्दा माथिल्ले पदका वा वरिष्ठ सदस्यहरुलाई प्रश्न गर्नवाट टाढा रहन्छन् र छलफल र निर्णय गर्ने समुह उहि बिचारहरुलाई सुदृढ पार्ने एउटा इकोचेम्वरमा रुपान्तरण हुन पुग्दछ ।

यसैले आवश्यक सुचना तथा धारणहरु विना निर्णय प्रक्रियालाई प्रभावकारी वनाउन असम्भव छ । कुनै विषयमा फरक दृष्टिकोण प्राप्त गर्नु, र छलफलमा योगदान दिने विचारको प्रभावकारिताको जाँच गर्ने कार्य गर्नु नै अत्यन्त महत्वपुर्ण हुन्छ ।

शास्त्रले पनि भनेको छ, “वादे वादे जायते तत्वबोधः” । यसर्थ एउटा नेतृत्व कर्ताले आफैतिर फर्केर सोेध्नु पर्छ कि आफ्ना विचारहरु ठिक छन् कि छैनन् अनि आफ्नो समुहका सदस्यहरु यस्तै अविलेन प्याराडक्सको शिकार पो भैरहेका छन् कि ।

अविलेन विराेधाभाष ले संथागत सम्मती व्यवस्थापनको असफलता लाई दर्शाउँछ । वास्तमा भन्नेहो भने आधुनिक संगठनहरुमा नेत्रीत्वकोलागी एउटा सबैभन्दा जटिल समस्या सम्मती व्यवस्थापन हो नकि दन्द व्यवस्थापन, यो त कार्य चिन्तालाई मैत्रेय समझदारीको आधारमा उनीहरुको अभिनयको परिणाम स्वरुप संगठनका सदस्यहरुले गरेका नकारात्मक कल्पनाहरुले विरोधाभाष पुर्ण तर्कहरुलाई सजीलै समर्थन गर्ने ठाँउमा उभ्याउँदछ अनि गतल निर्णकाे सिकार स्वय‌्म नेत्रीत्व चाहना नहुदा नहूदै हुन पुग्दछ ।

— लेखक पन्थी नेपाल बै‌क लिमिटेडकाे बागमति प्रदेश प्रमुख हुनुहुन्छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार