https://www.saurabhgroup.com/

राष्ट्रियसभा सदस्य वामदेव गौतमले लिए सपथ

काठमाडौं, १ असोज – राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

अपराह्न  राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

शपथ लिएपछि गौतमले आफूले राष्ट्रियसभाको गरिमा बढाउने गरी काम गर्ने प्रतिक्रिया दिए । गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार