देशलाई नराम्रो सँग कोरोना भाइरसले थिचेको छ अनि ठिक यतिबेला नै देशको फोहोर राजनितीले गर्दा जनताहरू उल्टो समस्याको चपेटामा परेका छन्। हे सरकार, हामी जनताहरूलाई कति दुख दिएको हो यस्तो महामारीको बेलामा पनि, हामी जनताहरूको के दोष छ र ?
कहिले आफ्नै सिमाना आफ्नो हो भनेर यो गर्मीमा सडकमा ओर्लिनु पर्छ ? कहिले राष्ट्रघाति सम्झौताबाट देश जोगाउन सडकमा उत्रिनु पर्छ ?कहिले यो कोरोना भाइरसको महामारी बाट हामीलाई जोगाईदे भनेर सडकमा ओर्लिनु पर्छ। के हामी जनताहरू सडकमा नै ओर्लिनु पर्छ ?
आफ्नो हक र अधिकार पाउन को लागि, यता हामी जनताहरू सडकमै सुत्ने उता देशका नितिनिर्माता हरू भने देश चुस्न नै व्यस्त हुने ।त्यसैगरी फेरि अहिले आएर देशमा फेरि अँध्यारो नछाओस् भनेर कुलमान घिसिङलाई पुन नियुक्त गर्नुपर्छ भनेर सडकमा ओर्लिदा प्रहरीको लाठी र फोहोर पानी खान परेको छ।
यो कस्तो राजनीति हुँदै छ मन्त्री ज्युहरू यो देशमा ? हो जब देशमा अठार घन्टा लोडसेडिङ हुन्थ्यो, मानिसहरू अन्धकारमा बस्न बाध्य भएका थिए । कति बेला, कती बजे सम्म लोडसेडिङ हुन्छ भनेर लोडसेडिङको समय तालिका हेर्नू परेको थियो । अनि त्यस्तो नर्क जस्तो समयलाई परिवर्तन गरेर एउटा छुट्टै युग लाई स्वागत गर्ने नेपाल आमाका सच्चा सपूतलाई पुन नियुक्ति दिन किन यति गार्हो मान्दै छ यो नालायक सरकार।
कुलमान घिसिङ ज्यु तपाईं आज भष्ट्रचारी, कालोबजारी र लुट्न तिर लागेको भए जनताहरू तिम्रो लागि सडक पुन नियुक्ति हुनुपर्छ भनेर आन्दोलन गरेर कुटाइ खानु पर्थेन, तर तिमी त सत्कर्मको बाटोमा हिड्यौ त्यै भएर त यो सब षड्यन्त्र मच्चाएको छन् नरपिच्चाहस हरूले ।
प्रधानमन्त्री ज्यु तपाईंले चुनावको बेलामा भोट पाउनका लागि बोलेको कुराहरू खोइ त पूरा गरेको बरू एउटा सच्चा सपूतले बिना कुनै भाषणले एउटा देशको जटिल समस्य लोडसेडिङलाई नियुक्ति भएको दुई महिनामै लोडसेडिङ मुक्त बनाएर देखाए।
प्रधानमन्त्री ज्यु यो कुरा हेक्का रहोस् यदि कुलमान घिसिङ लाई पुन नियुक्त गरियो भने देशले आर्थिक रूपमा काँचुलि फेर्न सक्छ । कुलमान घिसिङ ज्यु तपाईं ढुक्क हुनुहोस् दुई चार जना नरपिचासहरूले तपाईंलाई मन नपराएर के भयो र तीन करोड नेपालीहरू तपाईंको साथमा छन् मात्र तपाईं अघि बढ्नुहोस् ।
आर्को कुरा हेक्का रहोस् सरकार आन्दोलनमा निस्केका नेपाली दाजु भाईलाई लाठी र बुुट प्रहार गरेर मानसिक तनाव दिने काम बन्द गर ।अहिलेसम्म केही जनताहरू मात्र सडकमा ओर्लिएका छन् जब तीन कोरोड नेपाली नै सडकमा ओर्लिने छन् नि त्यस पछि सिहंदरबार भित्र बस्न पनि गार्हो पर्ला चेतना भया सरकार ।
— लेखककाे निजी विचार