फोनको शुल्क कम गर्न जापानका प्रधानमन्त्री योसिहिडे सुगाकाे आदेश

टोकियो, ३ आश्विन – जापानका प्रधानमन्त्री योशिहिदे सुगाले मोबाइल फोनको शुल्क कम गर्न आदेश दिएका छन् । शुक्रवार उनले दूरसञ्चार मन्त्रीलाई यस्तो आदेश दिएका हुन् ।

अन्य देशको तुलनामा जापानमा मोबाइल फोनको शुल्क उच्च रहेको छ । ‘यो मामिला मानिसका दैनिक जनजीवनसँग जोडिएको हुनाले सम्भव भएसम्मका समाधान गर्न हामीहरु सक्दो प्रयास गर्नेछौं,’ प्रधानमन्त्री कार्यालयमा सुगासँगको भेटघाटपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्री ¥योटा ताकेदाले पत्रकारहरुलाई भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार