सामाजिक संजालमा रेलकाे चर्चा, प्रधानमन्त्री मख्ख

रेल चर्चाले यतिबेला सामाजिक संजाल र मिडिया भरिएको छ। एक थरिले केपी वलिले रेल लिएर आए भनेर ओलिको जयजयकार गरेका छन् भने आर्को थरिले यो रेल लिएर आएको जस ओलि सरकारलाई दिन पटक्कै मन छैन, बढाइ, चढाइ जस लिने र पिटिक्कै जस नलिने दुई थरिकाे सामाजिक संजालमा घनघोर भिडन्त छ ।

सरकार म बिकास बिरोधि कदापि होइन सरकारले यदि राम्रो काम गर्यो भने म त्यसलाई खुलेर समर्थन गर्छु र नराम्रो काम गर्ने कोशिश मात्र गर्यो भने त्यसको लागि मेरो कलम निरन्तर चलिराख्ने छ। प्रधानमन्त्री ज्यु म तपाईंको आलोचक पनि होइन, समर्थक पनि होइन तर शुभचिन्तक चाहि जरूर हुँ।

प्रधानमन्त्री ज्यु तपाईंले यतिबेला भन्नु भएको छ मैले चुनावको बेला गरेको बाचा तथा भाषण अहिले आएर पुरा गरेको छु भनेर धाक लाउनु भएको छ।तर प्रधानमन्त्री ज्यु यो कुरा त अलिकति पत्याउन पनि गार्‍हो भयो नि होइन र? देशमा बिकाश हुनु, रेल आउनु, पानीजहाज चल्नु एकदम राम्रो कुरा त हो !

यस्को लागि डटेर काम गर्ने सरकारलाई सबैले सपोर्ट र प्रसंसा गर्नै पर्छ ! तर १९२७ मा बनेको रेलको लिक मर्मत गरेर यहि रेलको अनुहार देखाएर ओली सरलाई काध हाल्नु अलिकति मुर्खता भएन र? प्रधानमन्त्री ज्यु एकपटक आँखा खोलेर हेर्नुस् त जब देशमा बन्द भएको रेल खुलाएर देखाउदा त जनताहरू भोक तिर्खा नभनि सरकारले गरेको काम लाई खुलेर समर्थन गर्न सडकमा ओर्लिएका छन् ।

यदि तपाईंले साच्चिकै चुनाव गरेका वाचाहरू पूरा गर्ने हो भने जनताहरूले तपाईंलाई आर्को चुनावमा भोट दिन कत्ति पनि कन्जुस्याइँ गर्ने छैनन् । सोचौ त ऊ बेला राणाहरुले बनाएको सानो रेलमार्ग मर्मत गरेर सुचारु गर्दा जनताहरू यति उत्साहित भएको छन् अब पुर्व पश्चिम रेलमार्ग बिस्तार गरेर देखाउनुहाेसत त्यसपछि हेरै जनताको मुहारमा त्यो खुशी, तर बिडम्बना प्रधानमन्त्रीज्युले देखाएको आश्वासन ५% पनि पूरा हुदैन सबै कुरा गफमा नै सिमित हुन्छ, हे प्रधानमन्त्री ज्यु यो रेल चर्चा त “काम गर्ने कालू मकै खाने भालु” जस्तै भएन र ! काम एउटाले गर्ने जस एउटाले लिने ।

तपाईंको इतिहास सबैले पढेका छन् तपाईं कुनै सम्पन्न परिवारको मान्छे पनि होइन नि के राजनीतिबाट त्यत्रो टनfटन सम्पति कमाउन सकिन्छ त? पहिला खरको छानोमा बस्ने अहिले महलमा पुग्नुभयो, हात्ती छाप चप्पल लागएर हिड्ने अहिले हेलिकप्टर नभई हिड्न नसक्ने हुनुभयो र एक रूपिया खल्तीमा नभएको मान्छे सँग स्विस बैंकमा पैसा राख्न सक्ने हुनुभयो ।

अनि कसले गर्छ तपाईंलाई जयजयकार । त्यसैले प्रधानमन्त्री ज्यु यदि रेल लिएर आउन सक्नुहुन्छ भने पुर्व पश्चिम रेल मर्ग बिस्तार गरेर देखाउनुहोस् । त्यसपछि म पनि प्रधानमन्त्री ज्यु तपाईंको झोले बनेर अघि पछि हिड्न तयार छु।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार