https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

टेलिकम वर्कर्स युनियनद्धारा कोराना निकोभई कार्यालयमा आउने कर्मचारीहरु सम्मानित

काठमाडौँ, ४ आश्विन –  नेपाल टेलिकम वर्कर्स यूनियन काठमाण्डौ क्षेत्रीय समितिद्धारा कोराना निकोभई कार्यालयमा आउने कर्मचारीहरुलाइ सम्मान गरेकाे छ । नेपाल टेलिकम पावर विभाग, छाउनीमा काम गर्न कार्यालय आएका विभागका प्रमुख लगाएत अन्य ५ जना पुर्व संक्रमीत कर्मचारीहरुलाई कोरोनालाई जितेर आउन सफल भएकोमा खादा लगाएर सम्मान गरियाे ।

कोरोनाका कारण विश्व नै आक्रन्त भई रहेको वर्तमान समयमा नेपालमा समेत प्रत्येक दिन बढ्दो दरमा नयाँ संक्रमीतको संख्या थपीदै गईरहेको छ । एकातीर नयाँ संक्रमीत थपीनु र अर्के तिर निको भएर घर फर्कीएका र आफ्नो कार्यथलोमा परिश्रम गर्न निस्कीएका स्वस्थ व्यक्तीलाई समेत समाजमा हेर्ने दृष्टिकोण नकारात्मक हुनुले पिडीत झन पिडा भोग्न बाध्य भएका समचारहरु एक पछि अर्के आईरहेका छन् ।

कोराना भएर निको भई कोठामा र्फकदा कोठा बाट घरपेटिले निकालेका घटना, स्वास्थ्यकर्मीलाई कि जागीर छोड्न कि कोठा छोड्न दिएका चेतावनी र छिमेकीले कोरोना विरामीको घरमा ताला लगाईदिएका परिवेशबाट ग्रुजर्दे समाज अगाडी बढिरहेको यस दुखद समयमा समाज रुपान्तरीत हुनु पर्ने र आम नागरीकले कोरोना पिडीत प्रती सोच्ने शैली बदल्नु पर्ने सदेश दिदै आज नेपाल टेलिकम वर्कर्स यूनियन काठमाण्डौ क्षेत्रीय समितिका अध्यक्ष अचुत कुमार ओझा लगाएत केन्द्रिय सदस्य राकोश लामा क्षेत्रीय सदस्य काजी अधिकारी, पिएमएस संयोजक संतोष शर्मा स्वयम कार्यथलोमा नै पुगेर पहिला संक्रमीत भएका तर हाल स्वस्थ भएर आजदेखि नेपाल टेलिकम पावर विभाग, छाउनीमा काम गर्न कार्यालय आएका विभागका प्रमुख लगाएत अन्य ५ जना पुर्व संक्रमीत कर्मचारीहरुलाई कोरोनालाई जितेर आउन सफल भएकोमा खादा लगाएर स्वागत एवं शुभकामना दिनु भयो ।

नेपाल टेलिकमले आफ्ना कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखेर उच्च सर्तकता र सजगता अपनाउदै काम लगाउदा समेत केही कर्मचारीमा संक्रमण देखिएको छ ।

संक्रमण ठिक भएका कर्मचारीहरु सँगको उक्त भेटमा अध्यक्षले अन्य साथीहरुलाई जसरी व्यवहार गरिन्छ संक्रमीण पछि निको भएर कार्यालय र्फकिएका कर्मचारीहरुमा हिजो र आजको व्यवहार फरक हुन नहुने र त्यस्तो फर व्यवहार नहोस् भन्ने उदेय तथा निकोभएर आएका साथीहरुको उच्च मनोबल कायम गर्न आफुहरुले सकारात्मक बातावरण निर्माण गर्ने प्रयासका लागि स्वताग एवं भेटघाट गरेको बताउनु भयो ।

साथै भेटमा विभागका प्रमुखले आफुहरु कोरोना लाग्दा सुरुमा हतोत्साहीत भएको तर सबैको माया, साथ र सहयोगले जित्न सफल भएको अनुभव सुनाउदै थप्नु भयो उच्च मनोभावना, साथीभाईको साथ र परिवारको मायाका पाउने हो र समयमा सहि उपचार, आराम र खानपानको व्यवस्था हुन सक्ने हो भने कोरोनालाई हामीले जित्न सहज हुने सुझाव समेत सुनाउनु भयो ।

साथै समाजले स्वस्थ भएर आउदा समेत अझै हेय र दुरदुरको भावनाले हेरिरहेको समयमा यूनियनका साथीहरु खोजि खोजि हाम्रो कार्यालय सम्म आएर देखाउनु भएको सद्भाव र भातृत्वको भावना प्रति आभारी व्यक्त गर्नुभयो । उहाँले यस्ता क्रियाकलापले कार्यालयको वातावरणमा पुर्व कोरोना संक्रमीत प्रतिको सोच बदलीने र कर्मचारीविच घुलमील हुन सहज हुने बताउनु भयो । साथै समाजमा समेत यस्तो सन्देश सम्प्रेषण गर्न सकिएमा आम नागरीकको सोच बदल्न सकिने सुझाव दिनुभयो ।

क्षेत्रीय अध्यक्ष ओझाले आफुहरुले संक्रमण निको भएर कार्यालय र्फकीएका कुनै पनी कर्मचारी सहजै कार्यालयको काममा आउन सकुन भन्ने मनसायका साथ साकेतीक रुपमा सन्देश दिएको बताउनु भयो । साथै सम्पुर्ण कार्यालयमा रहेका आफ्ना ईकाइ समितिका प्रतिनिधि मार्फत संक्रमण निकोभएर र्फकीएका कर्मचारीलाई सहज रुपमा काममा र्फकने बाताबरण निमार्ण गर्न पहल गरिरहने समेत प्रतिबद्धता जनाउनु भएको थियो ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार