काठमाडौँ, ४ आश्विन – कोरोना भाइरस (कोबिड १९) यतिबेला देशभर महामारीको रूपमा फैलिएको छ मृत्युको संख्या पनि उच्च नै रहेको छ । यतिबेला नै सरकारले सवारीसाधनहरू चलाउन अनुमती दिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ । यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ ।
सवारी साधनमा गाडीभाडामात्र डबल बढेको छ । यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।
त्यसैगरी अनुगमन पनि नगरेको यात्रुहरूले बताएका छन्। सार्वजनिक यातायातले पालना गर्नुपर्ने दूरी कायम गरेर क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्ने र स्यानिटाइजरको व्यवस्था कार्यान्वयन भएकाे छैन । भाडा पनि मन परि लिएको यात्रुहरूले बताएका छन्। विभागका महानिर्देशक गोगनबहादुर हमालले तोकेबमोजिम भएनभएको अनुगमन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको बताउँछन् ।
त्यसैगरी ग्रामीण सडकहरूमा पनि यात्रुहरू झुन्डिएर यात्र गर्न बाध्य छन् र भाडा पनि बढी नै तिरिरहेका छन्। नागरिक कोरोनाको जोखिम मोलेर बढी भाडा तिरी यात्रा गर्न बाध्य हुँदासमेत जनताको घर आँगनमा पुगेको भनिएको स्थानीय सरकार चुइक्कसम्म नबोलेको भनेर यात्रीहरूले बताएका छन्।