ट्रेड युनियनको निर्बाचनमा सहभागी गराउन माग गर्दे स्थानियतह कर्मचारी हकहित मन्च अर्घाखाँचीले ज्ञापनपत्र बुझायाे

अर्घाखाँची — स्थानियतह कर्मचारी हकहित मन्च अर्घाखाँचीले आधिकारीक ट्रेड युनियनको आसन्न निर्बाचनमा आफुहरुले पनि सहभागी हुनपाउनुपर्ने माग राखी निर्वाचन अधिकृतको कार्यालयमा ज्ञापनपत्र बुुझाएको छ ।

देशैभरका प्रमुख निर्वाचन अधिकृतको कार्यालय मार्फत ज्ञापनपत्र बुुझाएर सरकारको ध्यानाकर्षण गराउन याे ज्ञापनपत्र  कार्यक्रम गरेकाे स्थानियतह कर्मचारी हकहित मन्चले जनाएकाे छ ।

देशमा नयाँ संविधान कार्यान्वयनमा आई मुलुक संघिय ब्यवस्थामा गइसकेको अवस्थामा हुनलागेको युनियनको निर्बाचनको अधिकारबाट आफुहरुलाई बन्चित गराईनु दुःखद भएको मन्चको ठहर छ ।

स्थानियतह कर्मचारी हकहित मन्च अर्घाखाँचीका शंकर अधिकारीको नेतृत्वमा जिल्लाका ६ वटै स्थानियतहबाट आएका कर्मचारी प्रतिनिधिहरुले पेश गरेको ज्ञापनपत्रमा राष्ट्रिय किताबखानाबाट कर्मचारी संकेत नम्बर प्राप्तकर्ता सबैले निर्वाचनमा मताधिकार पाउनुपर्ने, कुनै एक तहका कर्मचारीको मात्र हालीमुहाली र बचस्व नहुन समतामुलक सहभागिताको हिस्सेदारी सुनिस्चित गर्नुपनै, स्थानिय निजामति सेवा नामाकरण गर्नै पर्ने लगाएतका माग राखिएको मन्चका सदस्य विसाल ओलीले बताउनुभयो ।

संविधानको मर्मबिपरित आफुहरुलाई निर्वाचनबाट चुनिन र मत हाल्न पाउने अधिकार खोसेर गर्न लागिएको निर्वाचनले संघियता बिफल पार्न खोजेको भन्दै निर्वाचनमा चुन्न र चुनिने अधिकार सुनिस्चत गर्न मन्चले माग गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार