https://www.saurabhgroup.com/

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ सहित नेपालभर १,१५४ कोरोना संक्रमित थपिए

काठमाडौँ, ५ आश्विन – आज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ सहित नेपालभर १,१५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार एक सय ५४ जनामा सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले १९६ जना कोरोनाभाइरस संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । यस्तै ३१ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा ७ हजार ४०३ जना छन् । डिस्चार्ज हुने संक्रमितको संख्या ४७ हजार २३८ पुगेको छ ।

यस्तै आज देशभर ११५४ संक्रमित थपिँदा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै आज ६७४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएसँगै देशभर मृतकको कुल संख्या ४२७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार