https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

हातमुख जोर्न समस्या भए पछि नेपालीहरू बाध्य भए भारत फर्कन

सर्लाही, ७ आश्विन  – जताततै कोरोना कहर छ, दिनैदिन संक्रमित र मृत्युको संख्या बढ्दो क्रममा नै छ । त्यसैगरी कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदूरी गर्न फेरि भारत जान थालेका छन् ।

स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरु भारततर्फ जान लागेका हुन् । खुला सीमा नाकाका कारण यहाँका स्थानीवासी रोजगारीका लागि दैनिक सयौंको सङ्ख्यामा भारततर्फ गइरहेका छन् ।

कोरोनाको डरले आफ्नो ज्यान जोगाउन स्वदेश फर्किएका नेपालीहरू अहिले भोकको पिडाले फेरि भारत पस्न बाध्य भएका छन् पाँच महिना आफ्नै देशमा बसे पछि पछिल्लो समय खाना लाउन र दैनिकि चलाउन समस्या भए पछि भारत पस्न बाध्य भएका हुन ।

भारतमा फैलिरहेको कोरोनासँग मनमनै डर लागिरहेको भए पनि एक छाक टार्न र परिवार पाल्नका लागि भएपनि रोजगारीका लागि भारत गइरहेको नेपालीहरु सीमाक्षेत्रमा भेटिएका स्थानीयले बताउँछन् ।

उनीहरू भन्छन् अरू बेला नौ महिना भारतमा विभिन्न स्थानमा गएर काम गर्ने र बाँकी तीन महिना आफ्नो गाउँमा बसेर खाने गर्थे र अहिले यो महामारीले गर्दा छोराछोरी पाल्न र घर व्यवहार चलाउन समस्या आए पछि दुई महिना काम गरेर दिपावली मनाउन खर्च पुर्‍याउन भारत लागेको बताए ।

त्यहाँका नगरप्रमुखको अनुसार दिनमा चार सय नेपाली रोजगारीका लागि भारत गएका छन्। स्थानीयहरू बताउँछन् यदि देशमा रोजगारीको सिर्जना गर्देको भए हामीहरू यो महामारीको बेला रोजगारीको लागि भारत पस्न बाध्य हुदैनथ्यौ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार