https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

स्याङ्जामा पहिरोको कारण ९ जनाको मृत्यु, जिल्ला नै शोकमा

स्याङ्जा, ८ असोज — देशभर यतिबेला भारी बर्षा भएको छ, यहि बर्षाको कारण स्याङ्जा जिल्लाको वालिङ नगरपालीका वडा नं १४ तमादीमा अविरल वर्षाका कारण आज गएको पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ।

मृतकहरु एकै परिवारका थिए ।मृत्यु हुनेहरूमा माया नेपाली,सेनु नेपाली, जेठो छोरा दिपक नेपाली, साइलो छोरा कुलदिप नेपाली, कुलदिपको श्रीमती बिनिता नेपाली, बिनिताको एक वर्षे छोरा, काइलो छोरा शिशिर नेपाली, कान्छो छोरा दिवस नेपाली र पाहुना भएर आएकी रुपा नेपाली छन्।

एक जना घाइते मनिसा नेपालीको जीवितै उद्धार गरिएको अस्पताल लगिएको प्रहरीले जनाएको छ। झरीकै कारण उद्दारमा केही कठिनाई भए पनि स्थानीयबासी, ससस्त्र प्रहरी र जनपदप्रहरीको सक्रियतामा उद्दारकार्य भने भईरहेको छ। एकै परिवारका ९ जनाको मृत्यु भएपछि सिंगो स्याङ्जा जिल्ला नै शोकमा डुबेको छ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार