प्रधानमन्त्री निजी चिकित्सक दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, १० असोज – प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले पीसीआर टेष्टका लागि स्वाब दिएकी थिइन् ।

शनिबार पोजेटिभ रिपोर्ट आएको र होम आइसोलेसनमा बसेको उनले बताइन् । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिनसमेत रहेकी उनले शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताइन्।

शाहका अनुसार उनले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छैनन् । तीन दिन अघि डा. गोविन्द केसीलाई भेटेको तर सामाजिक दुरी लगायतका जनस्वास्थ्यका मापदण्डहरु पालना गरेको उनले जानकारी दिइन् ।

‘हल्का थकाइ लागेको अनुभव भइरहेको छ, ज्वरो आएको छ। अरू खासै समस्या छैन’, उनले भनिन्। आफू अहिले होम आइसोलेसनमै बसिरहेको उनले बताइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार