बाढीले गर्दा डुब्यो रूपन्देही, अधिकांश बस्तीहरू डुबानमा

काठमाडौं, १० असोज – पाँच दिने लामो भारी बर्षले गर्दा देशका अधिकांश स्थानहरूमा ठुलो भौतिक र मानवीय क्षति पुराएको छ। यसैगरी हिजो अथाह शुक्रबार रातिको भीषण वर्षाले रुपन्देहीमा आएको बाढीले विभिन्न स्थानमा क्षति पुराएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खड्काले दिएको जानकारी अनुसार तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका लगायत जिल्लाका विभिन्न स्थानमा बस्तीहरू डुबानमा परेका छन् । केही घर बाढीले बगाएको छ ।तिलोत्तमा नगरपाललिका-११ मा बाढीले तीन वटा घर बगाएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका-१३, बडउलियामा एउटा घर भत्किएको छ । घर भत्किँदा एक जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।देवदह नगरपालिका-१० रम्बादेवीटोल स्थितमा चरङ्गे खोलाको बाढीले एउटा घर बगाएको छ । प्रहरीका अनुसार वर्षाले मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा पनि क्षति पुर्‍याएको छ ।

जिल्लाका अधिकांश बस्तीहरू डुबेका छन् ।मानिसहरूलाई राति नै बाट उद्दार गर्न प्रहरीहरू सक्रिय रहेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार