https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

मन्त्रीज्युहरू बिपत ब्यवस्थापन के हो ? कहिलेसम्म चाइनिज पाल र चाउचाउ लिएर उद्दार गर्ने?

स्याजा, ११ असोज – प्राकृतिक बिपत नै मानिसहरूको सबैभन्दा ठूलो शत्रु हो । नेपालमा हरेक बर्ष आउने बाढी पहिरोको कारण हजारौं मानिसहरूले अकालमा आफ्नो ज्यान घुमाउन बाध्य भएका छन्।

नेपाललाई अहिले बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसले (कोबिड१९) थिचि रहेको बेला, ठिक यै बेला फेरि प्रकृतिक बिपत बाढी पहिरोले पनि उल्टो समस्याको चपेटामा पारेको छ ।

हो, देश कोरोना भाइरस सँग जुधि रहेको बेला, प्रकृतिक बिपत बाढी र पहिरो सँग पनि जुद्दन बाध्य बनाएक‍ो छ । पहाडमा पहिरोको जोखिम र तराईमा डुबानको जोखिमले सताएको छ ।

मानिसहरूलाई गतिलो सँग निद्रा लगाएका छैन बाढी र पहिरोको डरले तर देशका मन्त्री ज्युहरूलाई कस्तो निद्रा लागेको होला आफ्ना मतदाताहरू समस्याको चपेटामा पर्दा खेरि नि। यो देशका कुनै पनि मन्त्री ज्युहरुलाइ एकरत्ति थाहा छैन बिपत व्यवस्थापन भनेको के हो भनेर, यदि आफ्नो पार्टीमा बिपत आइ पर्यो भने सबै जना होसियार हुन्छन् चौबीसै घन्टा मिटिङ्ग हुन्छ तर देशका जनतालाई यश बिपतबाट कसरी बचाउने भन्ने कुरामा एकदिन पनि मिटिङ्गिमा भएका ।

प्रकृतिक बिपत्तिलाई कसैले पनि छेक्न र रोक्न पक्कै पनि सक्दैन तर यश बिपत्ति सँग जुधेर आफ्ना जनता जोगाउन त पक्कै पनि सकिन्छ छ होला नि ? जब असार महिना सुरू हुन्छ ठिक त्यति बेला नै बिकासका कार्यहरू अघि बढाउँछन्, बजेट फ्रिज नहोस् भनेर अनि त्यस तो खाल्को बिकासले गर्दा नै महामारी निम्त्याउँछ ।

हो महामारी बाजा बजाएर आउँदैन तर बाजा नबजे पनि देशका जोखिम क्षेत्रलाई पहिचान गरेर त्यस क्षेत्रका मानिसहरूलाई अस्थायी रूपमा सार्न सकिदैन र ? जब पहिरो र बाढीले मानिसलाई मृत्युुको मुखमा लिएर जान्छ त्यस पछि बल्ल देशका मन्त्रीज्युहरूले आफ्नो सामाजिक सन्ञलाबाट बाट आफ्नो पिए लाई लगाएर दुख ब्यक्त गर्न लगाउ छन्, हेलिकप्टरमा कहाँ कहाँ कति नोक्सन भएको छ भनेर भ्रमणमा निस्किनु हुन्छ ।

जनतालाइ राहातका नाममा एउटा पाल केहि पाकेट चाउचाउ र केिह चामल बाडेर फेसबुकबाट पर्चार गराउनुहुन्छ । बरू तै हेलिकप्टरबाट जनताहरूको उद्दार गरेको भए कती जनताहरूको ज्यान जोगिन थियो होला सोच्नुहोस् त मन्त्री ज्यु। बिचार ति जनताहरू जसले असार भरि दुख कष्ट गरेर लगाएको बालीनालि बाढीले बगाउँछ अनि बर्ष भरि सरकारको रहात कुर्दा कुर्दा ठिक्क हुन्छ ।

जमिन बाट घर भित्र पानी पस्छ र सारा सम्पति देखि अन्न बाली बगाइदिन्छ त्यसपछि त्यि स्वाभिमानी नेपालीहरू रहातको लागि सरकार सँग आँसुका बलिन्दर धारा चुहाउछन् तर देशका उच्च पदमा रहेकालाई जनताको भन्दा कुर्सी र पदको बढी चासो हुन्छ । जब चुनाब आउँछ तिनै गरिब जनताको टहरा भित्र गएर तिनको पाउ ढोगि सबै बाट मत खसाल्छन्, अनि जब बिपत्ति आइ पर्छ एक पटक फर्केर जादैन्न, कस्तो हिर्दाय भएको नेता हो तपाईहरू।

यस त्यो बिपत्तिको बेला त बाढी ,पहिरोमा चाहिएको स्रोत साधनहरू छिटोभन्दा छिटो परिचालन गर्ने ,खानेकुराको बेवास्ता गर्ने ,जोखिमपूर्ण बस्तीका मानिसहरूलाई सुरक्षित ठाउँमा सार्ने जस्ता कामहरू गरे सुन्नमा पनि कति राम्रो हुन्थ्यो होला, खाली बाढी र पहिरोले यति मान्छेको मृ’त्यु भयो भनेर समाचार सुन्दा कसको मुहार खुशी छाउँछ मन्त्री ज्युहरू ।

त्यसैले हे मन्त्रीज्यु यसरी जनताको जीवन सँग खेलबाड नगर्नुहोस् ,कहिले सम्म चाइनिज पाल लिएर जनताको माज जानू हुन्छ ।जनता जोगाउन तिर लाग्नु होस्,खालि कुर्सी जोगाउन तिर होइन ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार