https://www.saurabhgroup.com/

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ सहित नेपालभर १२०७ कोरोना संक्रमित थपिए

काठमाडौँ, १२ असोज – काठमाडौँ उपत्यकामा ८१७ जना सहित नेपालभर १,३५१ कोरोना संक्रमित थपिएका छन् ।  काठमाडौंमा ६ सय ४९ , ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन्। अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

देशभरका स्वास्थ्य प्रयोगशालामा सोमबार १० हजार ८० जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल मुलुकभर सक्रीय संक्रमितको सङ्ख्या १९ हजार ६ सय २४ रहेको उनले बताए ।

यसैगरी  कोरोना निको भई ७ सय ४२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६४० पुगेको मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सोमबार २ जना महिला र २ जना पुरुष गरि ४ जनाको संक्रमणबाट मृत्यु भएको हो । कोरोना संक्रमणबाट सुनसरीका ३८ वर्षीया र भक्तपुरका ५१ वर्षीया महिला रहेका छन् भने बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा करोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार