पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७४७ सहित नेपालभर १५१३ कोरोना संक्रमित थपिए

देशभर निको हुनेको संख्या ५५ हजार नाघ्यो

काठमाडौं, १३ असोज  – आज पछिल्लो २४ घण्टामा देशभर १५१३ जना संक्रमित थपिँदा काठमाडौंमा मात्रै ७४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी मोरङमा पनि १०१ जनामा संक्रमण पुष्टि भएको छ।

देशभर कोरोनाभाइरस निको हुनेको संख्या ५५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको हो । यस्तै हाल देशभर क्वारेन्टिनमा ६७७८ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या भने ७६ हजार २५८ पुगेको छ ।  यस्तै देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । यस्तै आज १० हजार ८९१ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए ।

यसैबीच बितको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ७ पुरुष रहेको उनले बताए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४९१ पुगेको छ । यस्तै देशभर आईसीयूमा २१३ जना रहेका छन् भने भेन्टिलेटरमा ३४ जना रहेका छन् । ५०० बढी संक्रमित रहेको जिल्ला ७ वटा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार