पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ सहित नेपालभर १,९११ कोरोना संक्रमित थपिए

By onnnews

October 01, 2020

काठमाडौँ, १५ आश्विन – काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४४४ जनाको पीसीआर भएकोमा १ हजार ९११ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा ८१७ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ६८ जना गरी ९४३ संक्रमित थपिएका हुन्।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १ हजार ९११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ। संक्रमितमध्ये ५७ हजार ३८९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५०९ जनाको मृत्यु भएको छ।