https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

बलत्कारीलाइ कारवाही गराउन सडक तात्यो, जनता ताते तर गृहमन्त्री भन्छन् अरु देशको तुलनामा सामान्य

हरेक दिन पत्रपत्रिकाको अघिल्लो पृष्ठको समाचार हेर्ने हो भने सधै एउटामात्र शिर्षकमा समाचार पढ्न बाध्य भइन्छ । त्यो समाचार हो बलत्कार बाट एक महिलाको मृत्यु भनेर, अनि यो समाचार पढेर /सुनेर कुन चाहिँ महिलाले आफूलाई सुरक्षित ठान्छिन् त, आज २१अौ शताब्दीमा आएर पनि महिलाहरू स्कुल देखि बजार निस्कन आफैंले आफैंलाई असुरक्षित ठान्छन् ।

दशधारा दूध खुवाएर पालेकी आमालाई हरेक दिन आफ्नी छोरीको चिन्ता हुन्छ, कतै मेरी छोरी बल्तकारको सिकार हुने त हैन भनेर । त्यस्तै एउटा पिडित आमाको कुरा गरौ । प्रसंग निर्मला पन्त बल्तकार भएको नि आज लगभग ३ वर्ष भयो, हरेक दिन सडक तात्यो, जनताहरू ताते तर सरकार तातेन ।

गरिब परिवारको एउटी छोरीले बलत्कार भई ज्यान घुमाउनु पर्यो, तर सरकारमा बसेकाहरूले भने आफ्नो पद गुमाउनपर्छ कि भनेर चुप लागेर बसे ।

निर्मलाले न्याय नपाएको बिषय मात्र होइन यो समाजमा महिला हिंसा र बल्तकारको काली लाग्दो रूप यश कारण नि हट्दैन कि यहाँ हर बल्तकारीलाई थाहा छ यतिको आवज उठेकि निर्मलाले त न्याय पाइन् अरूले के पाउलान् भनेर ।

गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको बताउछन् । विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको रे कति सम्म लाजमर्दे हल्का टिप्पणी ।

गृहमन्त्रीज्यू तपाईको ठुला ठुला राजनिती बहस बारे जान्नु छैन, उनीहरूलाई केबल यो जान्नु छ कि यो देशमा निर्मला जस्ता नारीका लागि केही न्याय छ कि छैन ?

आज एक ९ वर्षीय बालिका जसको उमेर क, ख पढ्ने उमेर थियो, उसले पनि यो कलिलो उमेरमा बल्तकार भए र यो संसार छोड्नु पर्यो आखिर के बिग्रएकि थिइन् र तिनले आँखा भरि सपना बोकेर हिडेकि बैनिले सधैंका लागि आँखा चिम्लिनु पर्यो।

आखिर यो दिनैदिन बल्तकृत हुनुको कारण कानुन गतिलो नभएर नै हो त? अवस्य हो, देशको राष्ट्रपति जस्तो गरिमामय पदमा एक महिला हुनु र देशमा दिनैदिन चेलीबेटी बल्तकृत हुनु कति सम्म लाजमर्दो विषय हो यो?

राष्ट्रपति ज्यु आखिर तपाईं पनि त एक महिला हो नि महिलाको पिडा बढी महिलालाई नै थाहा हुन्छ होइन र? अब पनि कति पुस्ताले बल्तकारको सिकार हुनुपर्छ यो देशमा ।

त्यसैले हे सरकार अब संविधान संसोधित गरेर छिटोभन्दा छिटो बल्तकारीलाई मृत्यु दण्डको सजाय तोकियोस् किनकि कुनै पनि नारीलाई छुन भन्दा अघि हजार पटक त के लाख पटक सोचोस् । त्यसैले हे गृहमन्त्रीज्यू  बलत्कार जस्ताे केसमा हल्का टिप्पणी गर्नैहैन अब यसरी नारीमाथी भएकाे अपराधकाे बारेमा पहिला अाफ्नाे श्रीमती र  छाेरी सं‌ग सल्लाह लिएर बाेल्ने गर्नुहाेस ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार