https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

सिटीकाे दशै तिहार उपहार, देश विदेशबाट पैसा पठाउँदा हरेक दिन १० हजार जित्ने माैका

काठमाडौं, १५ असोज  – सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशै तिहार चाडपर्वलाई लक्षित गर्दै “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा” उपहार योजना घोषणा गरेको छ । यो अफर ६० दिन सम्म चल्ने कम्पनीले जनाएको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६० दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदान गरिने छ । कम्पनीका अनुसार यस “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा” अफर असोज १५ गते देखि मंसिर १५ गते सम्म लागू हुनेछ ।

अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु नहुने कम्पनीले जनाएकाे छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्ष्ति तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार