पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,६३८ सहित नेपालभर २,७२२ कोरोना संक्रमित थपिए

काठमाडौँ, १६ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै १,६३८ सहित २,७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा ९६५ महिला र १७५७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँ जिल्लामा मात्र १,२८० जनामा कोरोना पुष्टि भएको छ । संक्रमित ४७० जना महिला र ८१० जना पुरुष छन् । त्यस्तै भक्तपुरमा १९६ संक्रमित थपिएका छन् । जसमा ८० महिला र ११६ पुरुष छन् । ललितपुरमा १६२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुने ७७ महिला र ८५ पुरुष छन् ।

पछिल्लो २४ घण्टामा मात्र ३३०७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११ हजार ७६० होम आइसोलेसनमा छन् । ९ हजार ४७४ संस्थागत आइसोलेसनमा छन्, जसमध्ये २१० जना आईसीयू र २९ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार