कांग्रेस नेताहरु अर्जुननरसिंह केसी, गगन थापा सहित ६ जनालाई कोरोना संक्रमण

काठमाडौं, १७ असोज  नेपाली कांग्रेसका सांसद तथा पुर्वस्वास्थ्यमन्त्री गगनकुमार थापासहितका कांग्रेसका केही नेताहरुलाई कोरोना पुष्टि भएको छ । केन्द्रीय समिति बैठकका लागि कांग्रेसले गराएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको नेता थापाले अनलाइनलाई बताए ।

उनले आफ्नो स्वास्थ्य अबस्था सामान्य रहेको र घरमै बसिरहेको बताएका छन् । कांग्रेसका अनुसार अन्य केही नेताहरुको समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

१९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ६ जनाका रिपोर्ट पोजेटिभ आएको छ ।

केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई संक्रमण देखिएको छ । अरु २ जना कर्मचारी भएको कांग्रेस कार्यालय स्रोतले बताएको छ ।

त्यसअघि भोलि पदाधिकारी बैठक बोलाइएकको थियो । आज बसेको पदाधिकारीसहितका केन्द्रीय सदस्यहरुको बैठकमा नेता गगन थापा पनि सहभागी भएका कारण शिर्ष नेताहरु समेत कन्ट्याक्ट टे«सिङमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार