https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

सार्वजनिक यतायत खुले पनि यात्रुहरू नहुदा बस व्यवसायीहरू मर्कामा

बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस( कोभिड–१९)का कारण झण्डै ६ महिना जति देश लकडाउनका अबस्थामा रह्यो । जसको कारण अधिकांश क्षेत्रहरू प्रभावित भए त्यसैगरी यसले यतायात क्षेत्र पनि प्रभावित पारेको थियो ।

अहिले आएर झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् ।विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात सरकारले असोज १ देखि खुला गर्ने निर्णय गरेपनि यात्रु नहुँदा व्यवसायी समस्यामा परेका हुन् ।

प्रालिका सचिव रुद्रबहादुर कार्की सार्वजनिक यातायातमा राहतको प्याकेज नल्याउँदा व्यवसायीहरु मर्कामा परेको बताउँछन् । बन्दाबन्दीका कारण ६ महिना थन्किएर बसेका सवारी साधन मर्मत सम्भार गर्न लाखौँ खर्च लागेपनि यात्रु नहुँदा समस्यामा परेका छौँ”, उनले भने ।सार्वजनिक यातायात खुलेसँगै बैँक तथा वित्तीय संस्थाले किस्ताको लागि ताकेता गर्न थालेपछि व्यवसायी थप मर्कामा परेको उनको भनाइ थियो ।

विगतका वर्षमा दशैँको एक महिनाअगाडि नै नयाँ बसपार्कमा भीड लाग्ने गरे पनि अहिले कोभिड–१९ का कारण यात्रुको चाप छैन”, उनले भने । कोभिड–१९ अगाडि दैनिक दुई/तीनहजार स्वदेशी तथा विदेशी पर्यटक पर्यटकीय बसमा आवतजावत गर्ने गरेपनि अहिले जम्मा १०० जना यात्रु मुस्किलले आवतजावत गर्छन्” ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मपण्द अनुसार यतायत सञ्चालन गर्दा समेत यात्रुहरू नभएको उनको भनाइ छ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार