सक्रिय संक्रमितको संख्या १५ हजार नाघ्यो, के सरकार फेरी लकडाउन गर्ला त ?

काठमाडौं, २१ आश्विन – नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल देशभर ३,४३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यीमध्ये १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन् । १४ हजार २०९ जनाको परीक्षण भएकोमा ३,४३९ जनामा कोरोना संक्रमण भएको पाइएको हो।

योसँगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ। यी मध्ये ७२.९ अर्थात् ६८ हजार ६६८ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा ११२६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हालसम्म हाल ४ हजार १६४ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६८४ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा १२९६ जना, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना नयाँ संक्रमित भेटिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार