बल्कोट-अर्घाखाँची सम्पर्क समाज यू.य.ई द्वारा छत्रदेबका बिपन्न परिवारहरूलाई राहात

अर्घाखाँची, २१ असोज –  बल्कोट-अर्घाखाँची सम्पर्क समाज यू.य.ई द्वारा दशैं तिहार लगाएतको महत्वपूर्ण चाडपर्वहरूलाई लक्षित गरि “सबैको घरमा खाना-सबैको घर मा खुसि” भन्ने अभियानका साथ छत्रदेब गाउपालिकाको वडा न २ र ३ का अति बिपन्न परिवारहरूलाई राहात सामग्री हस्तान्तरण गरेको छ ।
विश्व मा फैलिएको कोरोना महामारी ले निम्न बर्गमा परेको समस्या लाई मध्यनजर गरि छत्रदेब गाँउपालिका को वडा न २ र ३ मा रहेका ज्यालादारी मज्दुरि गरि जीवन यापन गरेका अति पिबन्न २० परिवार लाई प्रती परिवार एक बोरा चामल दाल नुन तेल र साबुन बितरण गरेको हो ।
छत्रदेब गाउँपालिका वडा न ३ का वडा अध्यक्ष तेजप्रसाद खनाल २ का वडा अध्यक्ष राजेश कुमार पन्थी वडा सदस्य तोमलाल भुसाल, कमला अधिकारी समाजसेवी पोमनाराय पाण्डे, धुर्बकुमार पाण्डे कमला पाण्डे, दधिराम खनाल, कुलचन्द्र खनाल, बिबेक घिमिरे लगायत विभिन्न राजनीतिक दलका सदस्यहरु उपस्तिथि भएको कार्यक्रमको संचालन छत्रदेब गाउपालिका वडा न २ का वडा सचिब विशाल ओली ले गर्नु भएको थियो ।
कार्यक्रम मा करिब ४६ हजार बराबर को खाद्यान्न सामाग्री हस्तान्तरण गरेको समाज का अध्यक्ष टुमलाल पाण्डेले बताउनु भएको छ । बिगत दुई बर्स देखि कर्म थलो युएई बनाएका बल्कोटे युवा युवतीले गाँउमा भएका आगालागी पिडित, रोगी पिडित र निम्न बर्गहरुलाई सहयोग गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार