कांग्रेसका भक्तपुर जिल्ला सभापतिलाई पितृशोक, कांग्रेसद्धारा दुख व्यक्त

काठमाडौं, २३ आश्विन – नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ। थापाका ७९ वर्षीय पिता रामबहादुर थापाको आज मध्यपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ती जारी गरी थापाको निधनले कांग्रेसलाई अपुरणीय क्षती पुगेको उल्लेख गरेका छन्।

‘स्वर्गीय थापाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो,’ शोक विज्ञप्तीमा भनिएको छ । स्वर्गीय थापाको श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्।

‘उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ’ पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार