काठमाडौं उपत्यकामा १४०९ जना सहित नेपालभर २०५९ जनामा कोरोना संक्रमित

संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौं, २३ असोज – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ९ जना सहित नेपालभर २०५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा नेपालभर १३ हजार २७९ जनाको परीक्षण गर्दा २ हजार ५९ जना संक्रमित भेटिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ लाख ६७६ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ६०० जनाको मृत्यु भएको छ भने ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार