https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

काठमाडौं उपत्यकामा २२८३ जना सहित नेपालभर ४०४७ जनामा कोरोना संक्रमित

काठमाडौं, २६ असोज — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२ सय ८३ जना सहित नेपालभर ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ५३० नमुना परीक्षण गर्दा १५६५ महिला र २४८२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् ।

देशभर ३३ हजार ८८० संक्रिय संक्रमित छन् । १९ हजार ९५७ होम र १३ हजार ९२३ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २७९ जनाको आईसीयू र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये काठमाडौंका १ हजार ८ सय ८८ जना, भक्तपुरको ११८ जना र ललितपुरका २ सय ७७ जना छन्।

मोरङका २२३ जना, सुनसरीका २४९, रुपन्देहीका १२५, सुर्खेतका १०१, काभ्रेका ९०, चितवनका ७७, कास्कीका ७६, मकवानपुरका ७५, झापाका ७१, नवलपुर र कैलाली ६५/६५ जना, बाँकेका ४५, तनहुँका ३७, प्युठान र बर्दिया २६/२६ जना, धनुषा र सिन्धुपाल्चोकका २५/२५ जना, नवलपरासीका २४, सप्तरी र लमजुङ २१/२१ जना, कञ्चनपुरका १८, पर्साका १७, रामेछाप र पाल्पाका १४/१४ जना, रौतहट, दाङ र दैलेख १३/१३ जना, धादिङ र बैतडीका १२/१२ जना तथा बारा, सिराहा, नुवाकोट र स्याङ्जाका ११/११ जनामा कोरोना संक्रमण देखिएको छ ।

गुल्मीका १० जना, जुम्लाका ९, महोत्तरी, सर्लाही, बाग्लुङ, अर्घाखाँची र कपिलवस्तुका ८/८ जना, दोलखाका ७, रसुवा, डडेलधुरा र दार्चुलाका ६/६ जना, इलामका ५, हुम्ला र बझाङका ४/४ जना, गोरखा, सल्यान र अछामका ३/३ जना, उदयपुर, ओखलढुंगा, खोटाङ, पाँचथर, रोल्पा २/२ जना तथा तेह्रथुम, धनकुटा, भोजपुर, सिन्धुली, पर्वत, मुस्ताङ, म्याग्दी, डोटी र बाजुरामा १/१ जनामा संक्रमण देखिएको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार