https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९८ सहित नेपालभर थपिए २९४२ कोरोना संक्रमित

काठमाडौं, – नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९८ सहित नेपालभर थपिए २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

यसअघि शनिबार (हिजो) काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी जम्मा १७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ ।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ थियो । पछिल्लो २४ घण्टामा थप २३२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९२ हजार १६६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८४० रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार