कांग्रेस सांसदद्वारा दसैं भत्ता फिर्ता गर्ने निर्णय

काठमाडौं, ३ कात्तिक – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना सांसदको खातामा आएको दसैं भत्ता फिर्ता गर्ने निर्णय गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीका सांसदको भत्तावापतको ४३ लाख २० हजार आठ सय १० रूपैयाँ फिर्ता दिने निर्णय गरेको जानकारी दिए।

‘कांग्रेसबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यलाई उपलब्ध गराइएको दसैं भत्तावापतको रकम कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको छ,’ खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको उपचारका लागि संघीय संसद सचिवालयमार्फत नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिन्छ।’

कोरोना भाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पीडा र कठिनाई भोगिरहेका अवस्थामा जनप्रतिनिधिलाई दसैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएको कांग्रेसले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार