कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न कांग्रेसको माग

काठमाडौं, ४ कार्तिक नेपाली कांग्रेसले नेपालको संविधान, कानूनी व्यवस्था र चुनावमा जनतासामु गरिएको प्रतिबद्धतानुसार कोभिड–१९ संक्रमणको परीक्षण र उपचारको दायित्वबाट वर्तमान सरकार पन्छिन नमिल्ने जनाएको छ ।

कांग्रेस केन्द्रीय संगठन विभागले आज विज्ञप्तिमार्फत नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरेको, जनस्वास्थ्य ऐनले सरुवा रोगको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको तथा सर्वोच्च अदालतले आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक भनेको कुरा स्मरण गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार