हास्यकलाकार मनोज गजरेलको स्वास्थ अवस्थ जटिल आइसीयूमा उपचार हुँदै

काठमाडौँ – कोरोना संक्रमण भएका बरिष्ठ हास्यकलाकार मनोज गजरेलको स्वास्थ्य अवस्था जटिल भएको र आइसीयूमा उपचार भइरहेको छ ।

यस अघि १० कात्तिकमा उनले सामाजिक संजाल फेसबुकबाट आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका थिए। कोरोना संक्रमण भएका उनलाई फोक्सोमा समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा आइसीयूमा राखेर उपचार गरिएको  हो ।

घरमै आइसोलेसनमा बसिरहेका उनलाई अक्सिजन लेभल कम भएपछि बिहिबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो ।आफूलाई पूर्ण सुधार नभएको र र शरीरले फरक- फरक प्रतिक्रिया देखाइरहेको उनले बुधबार फेसबुक मार्फत जानकारी दिएका थिए ।

स्वास्थ्य परिक्षणपछि उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् रआवश्यकता अनुसार प्लाज्मा थेरापी समेत दिने योजना बनिरहेको स्रोतले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार