अर्घाखाँचीकाे मालारानीमा नेकपाका स्थानीय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

अर्घाखाँची, २२ कार्तिक – मालारानी गाउँपालिका–३ खनदहमा तत्कालिन एमालेबाट निर्वाचित वडा सदस्य सहित ४६ जना नेकपा स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

निर्वाचित वडा सदस्य सुमित्रा विक सहित ४६ जनालाई शनिवार खदनहमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस जिल्ला सभापति एवं प्रभावशाली नेता विष्णुप्रसाद खनाल (मुस्कान) ले पाटी प्रवेश गराउनुभयो ।

नेकपाबाट प्रदेश गरेर नीमबहादुर विकलाई पाटीको वडा सदस्यको जिम्मेवारी दिइएको छ । प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता मुस्कानले प्रवेश गर्ने सबैलाई पाटी काममा खटिएर लोकतन्त्रको पक्षमा काम गर्न आग्रह गर्नुभयो । कम्युनिष्ट सरकार विभिन्न काण्डको भ्रष्टचारमा लिप्त भई जनताको पक्षमा काम गर्न नसकेको बताउनुभयो ।

मालारानी गाउँपालिका भएको चरण अनियमितता र बेथिति भएको भन्दै त्यसको शसक्त प्रतिरोध गर्न मालारानीबासीलाई मुस्कानले अनुरोध गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष तथा कांग्रेस मालारानीका सभापति शोभाखर खनाल, कांग्रेस पूर्वजिल्ला सचिव लोकेन्द्र विश्वकर्मा, गुल्मीका नेता छन्दबहादुर पहराई, आमन्त्रित सदस्य मोतीबहादुर खनाल, महिला संघकी क्षेत्रीय सभापति शान्ता खनाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम तरुण नेता लिलामणि पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार