आई पे बाट पैसा आयो उपहारमा बाइक पायो बम्पर विजेता विष्णु कुमारी जैशीँ

काठमाडौँ, १५ पुस – आई पे रेमिट प्रा.लि ले नेपालीहरुको महानपर्व दशैँ तिहार र छठलाई लक्षित गरि ल्याएको विशेष योजना “आई पे बाट पैसा आयो उपहारमा बाइक पायो” अन्तर्गतको बम्पर विजेता लक्की र्ड मार्फत घोषणा गरेको छ ।

आई पे रेमिट प्रा.लि का ब्रान्ड एम्बेस्डर तथा नायिका वर्षा शिवाकोटीले डिजिटल (Digitel) माध्यमद्धारा विजेता छनोट गर्नु भएको थियो ।

कात्तिक १ गतेबाट सुरु भएको योजना मंसिर ५ गते सम्म चलेको थियो । जसअन्तरगत प्रत्येक दिन ७ जनाले प्रेसर कुकर, हप्तैपिच्छे १ जनाले 32” Samsung Smart TV र बम्परमा १ जनाले मोटरसाईकल प्राप्त गर्नुभएको छ ।

बम्परमा मोटरसाइकल विजेतामा विष्णु कुमारी जैशीँ छनोट हुनुभएको छ । उहाँको जापानबाट पैसा आएको थियो । आई पे रेमिट प्रा.लि ले मलेशिया, जापान लगाएत विश्वका विभिन्न मुलुकबाट Cash Pickup का साथै Instant account Deposit को सुविधा दिदैँ आइरहेको कुरा कम्पनीका sales and marketing Head रुपनारयण श्रेष्ठ ले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार